उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
न्यूजिल्याण्डको महिला क्रिकेट टिमले एकदिवसीय क्रिकेटमा सवैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको छ।
न्यूजिल्याण्डले शुक्रवार आयरल्याण्डसँगकाे खेलमा एकै पारीमा सर्वाधिक रन बनाउने किर्तिमान बनाएको हो ।
आयरल्याण्ड र इंग्ल्याण्डको भ्रमणमा रहेको न्यूजिल्याण्डको टिमले डब्लिनमा शुक्रबार भएको एकदिवसीय खेलमा ४ सय ९० रन बनाएको थियाे । महिला क्रिकेटमा यसअघि सबैभन्दा बढी रनको कीर्तिमान सन् १९९७ मा न्यूजिल्याण्डले नै बनाएको ४ सय ५५ रनको थियो ।
पाहुना टोली न्यूजिल्याण्डकी कप्तान सुजी बेट्सले ९४ बलमा १ सय ५१ र म्याड्डी ग्रीनले ७७ बलमा १ सय २१ रन बनाए । त्यसैगरी एमेलिया केरले ४५ बलमा अविजित ८१ रनको योगदान दिइन् ।
४ सय ९१ रनको लक्ष्य भेट्न ब्याटिङ गरेको घरेलु टोली ३५ ओभर ३ बलमा १ सय ४४ रनमा अलआउट भयो । फलत: न्यूजिल्याण्ड ३४६ रनको विशाल अन्तरले विजयी भयो । यो अहिलेसम्मको सवैभन्दा फराकिलो अन्तरको जित पनि हो ।
महिला तथा पुरुषका प्रतियोगितामै यो सवैभन्दा फराकिलो जित हो ।
अहिलेसम्मको ठूलो अन्तर दक्षिण अफ्रिकाको नाममा थियो । दक्षिण अफ्रिकाले सन २०१२ मा श्रीलंकालाई २ सय ५८ रनले हराएको थियो । पुरुषतर्फ सवैभन्दा धेरै रनको कीर्तिमान इग्ल्याण्डको नाममा छ । इंग्ल्याण्डले २०१६ मा पाकिस्तान विरुद्ध ४ सय ४४ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।