महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
टर्कीका विदेशमन्त्री हकान फिदानले गाजामा भएको आक्रमणमा पश्चिमाहरूको मौनताले अराजकतालाई अनुमोदन गरेको सङ्केत गरेको बताउनुभएको छ ।
गाजामा इजरायलको आक्रमणमा पश्चिमको मौनता विश्वभरका अन्य अराजक गतिविधिहरूलाई 'ग्रीन सिग्नल' दिनु बराबर रहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री फिदानले बताउनुभएको हो । प्रतिरोधका लागि मस्जिद, अस्पताल र विद्यालयहरूमा बम विष्फोट गरिन्छ भने आफूहरू मौन बस्न नसक्ने उहाँको चेतावनी थियो ।
टर्कीको विदेश मन्त्रालयले बुधवार इजरायली अधिकारीहरूको आलोचना गर्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानविरुद्ध लगाएका आरोप निराधार भएको र गाजाका नागरिकमाथि हमला गरिरहँदा उनीहरूलाई कानुनको बारेमा कुरा गर्ने अधिकार नरहेको बताएकाे थियो ।
इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको हमलाको विरुद्धमा बदला लिन गाजामा पूर्णरूपमा आक्रमण गरिरहेको छ । यस क्रममा हमासले इजरायलमा झन्डै एक हजार दुई सय जनाकाे हत्या गरेका थिए र दुई सय जनाभन्दा बढीलाई बन्धक बनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।