आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्याे केपी ओली कपकाे उपाधि

 मंसिर १५, २०८० शुक्रबार १६:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली क्रिकेट टिमकाे फेसबुक

काठमाण्डाै - केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधि मधेस प्रदेशले जितेको छ । पोखरामा भएको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि जितेको हो ।

मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । मधेस प्रदेशका हरिशंकर साहले सर्वाधिक चार विकेट लिए ।

यस्तै, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए । त्यसअघि पोखरा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । मधेस प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । आर्मीका शाहब आलम र विकेक यादवले समान तीन/तीन विकेट लिए ।

सोमपाल कामी र बसिर अहम्मदले एक–एक विकेट लिए । उपाधि विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता थियो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया