प्रिमियर लिगमा आर्सनललाई ४ अङ्कको अग्रता : म्यानचेस्टर युनाइटेड न्यूक्यासलसँग पराजित

 मंसिर १७, २०८० आइतबार ६:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ । हिजो भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत् छ । आर्सनलका बुकायो साका र मार्टिन ओडिगार्डले गोल गरे । दोस्रो हाफमा खेल सकिन ४ मिनेट बाँकी छँदा उल्भ्सका म्याथ्यु चुन्हाले एक गोल फर्काए ।

आर्सनलको १४ खेलमा ३३ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलमा २९ अङ्क रहेको छ । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भयो । युनाइटेडलाई न्यूक्यासलले १–० गोलले हराएको हो ।

अरु खेलमा बे्रन्टफोर्डले लुटन टाउनलाई ३–१ गोलले, बर्नलीले सेफिल्ड युनाइटेडलाई ५–० गोलले र एभर्टनले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ । प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया