पर्वतको मोदी गाउँपालिकामा रहेको ढुङ्गाखानी डेढ दशकदेखि बन्द

 मंसिर १७, २०८० आइतबार १०:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्वतको मोदी गाउँपालिकामा रहेको ढुङ्गाखानी डेढ दशकदेखि बन्द रहेको छ । मोदी गाउँपालिकाको वडा–१ भुकताङ्ले, वडा–३ देउराली र वडा–४ क्याङको सिमानामा पर्ने धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १६ वर्षदेखि बन्द छ । देउराली, क्याङ र भुकताङ्का बासिन्दाले खानी आ–आफ्नो क्षेत्रभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको थियो । साविकका गाविस भए पनि अहिले ती क्षेत्र मोदी गाउँपालिकाभित्र पर्छन् ।

खानीबाट निकालिएका ढुङ्गा तत्कालिन धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी जिल्लाका विभिन्न ठाउँमा खपत हुने गथ्र्यो । अहिले पनि ढुङ्गाबाट घर÷गोठ छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग गर्न ढुङ्गाको माग हुन्छ । तर खानी सञ्चालन हुन सकेको छैन । विभिन्न ठाउँबाट ढुङ्गको माग हुने गरेको तर खानी सञ्चालनमा नहुँदा समस्या छ । लामो समयदेखि बन्द ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयबासिन्दाले माग गर्दै आएका छन् ।

तत्कालीन समयमा खानीमाथि सबैले आ–आफ्नै दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको क्याङ गाविसका पूर्व अध्यक्ष नरसिंह पुनले बताउनुभयो । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरेपनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न यो वनलाई राष्ट्रियकरण गरेको थियो ।

मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भैरहेको बताउनुभएको छ । शुरुमा खानीसम्म सडकको पहुँच पु¥याउने योजना रहेको र सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी अगाडि बढ्ने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया