त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा रहेकाे पावर बैंक पड्किँदा आगाे लाग्याे

 मंसिर १७, २०८० आइतबार १४:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आज आइतवार आगाे लागो लागेको हो ।

उनी जान लागेको विमान एअर चाइनाकाे उडान हुनै लागेको थियो । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अघि प्रतीक्षालयमा बसिरहेकी उनको पावर बैंक शर्ट भएर पड्किँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुभाष साहले बताउनुभयो । यात्रुको ह्यान्डब्यागमा लागेकाे आगो तत्काल निभाइएको प्रवक्ता साहले बताउनुभयाे ।

ती यात्रुले पिठिउँमा ह्यान्डब्याग बोकेकी थिइन् । ह्यान्डब्यागभित्र रहेकाे पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो । उनी सुरक्षित रहेको विमानस्थलले जनाएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया