केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – भारतसँगकाे टेस्ट, एकदिवसीय र टी–२० शृङ्खलाका लागि दक्षिण अफ्रिकाकाे टाेली घाेषणा भएकाे छ । क्रिकेट दक्षिण अफ्रिकाले आज साेमवार टाेली घाेषणा गरेकाे हाे ।
आउँदाे डिसेम्बर १० देखि जनवरी ३ सम्म भारत र दक्षिण अफ्रिकाबीच तीन टी–२०, तीन एकदिवसीय र दुई टेस्टकाे शृङ्खला शुरु हुँदैछ । भारतसँगकाे खेलमा टेस्टकाे कप्तानी तेम्बा बभुमाले गर्नेछन् भने एकदिवसीय र टी–२० काे कप्तानी एडन मार्करमले गर्नेछन् । बभुमा र तीव्र गतिका बलर कागिसाे रबाडाले टेस्ट मात्र खेल्नेछन् । बभुमा र रबाडालाई टेस्टमा ध्यान केन्द्रित गर्नका लागि सीमित ओभरकाे खेलबाट आराम दिएकाे क्रिकेट दक्षिण अफ्रिकाले जनाएकाे छ । यस्तै टाेलीमा नयाँ खेलाडीलाई माैका दिइएकाे छ ।
टेस्टका लागि दक्षिण अफ्रिकाकाे टाेली–
तेम्बा बभुमा (कप्तान), डेभिड बेदिन्घम, नान्द्रे बर्गेर, गेराल्ड काेट्जी, टाेनी डी जाेर्जी, डिन एल्गर, मार्काे जेनसेन, केशव महाराज, एडन मार्करम, विआन मल्डेर, लुङ्गी एन्गिडी, कीगान पिटरसेन, कागिसाे रबाडा, ट्रिस्टान स्टुब्स र केले भेरेने ।
एकदिवसीयका लागि दक्षिण अफ्रिकाकाे टाेली–
एडन मार्करम (कप्तान), ओटिनेल बार्टम्यान, नान्द्रे बर्गेर, टाेनी डी जाेर्जी, रेजा हेन्ड्रिक्स, हेनरिच क्लासेन, केशव महाराज, मिलाली एमपाेङ्गवाना, डेभिड मिलर, विआन मल्डेर, एन्डिले फेहलुकवायाे, ताबरिज शाम्सी, रसी भान डेर डुसेन, केले भेरेने र लिजाड विलियम्स ।
टी–२० का लागि दक्षिण अफ्रिकाकाे टाेली–
एडन मार्करम (कप्तान), ओटिनेल बार्टम्यान, म्याथ्यु ब्रीट्के, नान्द्रे बर्गेर, गेराल्ड काेट्जी (पहिलाे र दाेस्राे टी–२०), डाेनाेभान फेरीरा, रेजा हेन्ड्रिक्स, मार्काे जेनसेन (पहिलाे र दाेस्राे टी–२०), हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर, लुङ्गी एन्गिडी (पहिलाे र दाेस्राे टी–२०), एन्डिले फेहलुकवायाे, ताबरिज शाम्सी, ट्रिस्टान स्टुब्स र लिजार्ड विलियम्स ।
भारतले दक्षिण अफ्रिका भ्रमणका लागि तीन जनाकाे कप्तानीमा यसअघि नै टाेली घाेषणा गरिसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।