१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
दाङ – लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा जग्गा खरिदबिक्रीका लागि फुकुवा भएकाे छ । स्थायी राजधानीको घोषणासँगै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा जग्गा राेक्का राख्ने निर्णय गरेकाे थियाे ।
मालपोत कार्यालय लमहीले सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा आज बिहीवारदेखि फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरूप परिवर्तन गर्न नपाउने गरी खरिदबिक्रीका लागि वैधता प्रदान गरिएको मालपोत कार्यालय प्रमुख मानबहादुर कुँवरले जानकारी दिनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रका आधारमा यो निर्णय गरिएको उहाँको भनाइ छ ।
राजधानी क्षेत्रमा पर्ने राप्ती गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ को जग्गा फुकुवा भएको हो । जग्गा फुकुवाका लागि स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेसँगै २०७७ सालमा जग्गा खरिदबिक्रीका लागि रोक्का गरिएको थियो ।
प्रदेश राजधानी रहने राप्ती गाउँपालिकाका पूरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।