१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकासहित विश्वका ८ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको जोखिमको प्रभाव कम गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाण्डाै महानगरपालिका, अमेरिकाको शिकागो, बङ्गलादेशको ढाकालगायत रहेका छन् । यूएईमा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन चलिरहँदा स्वस्थ सहरका लागि साझेदारीको विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखले प्रतिबद्धता जनाएका हुन् । ८ देशका प्रमुखले सार्वजनिक गरेको संयुक्त प्रतिबद्धता पत्रमा विश्वभरका सहरलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रम अपनाउन नागरिकको जीवन सुधार गर्न सार्वजनिक स्वास्थ्य कार्य प्रवर्द्धन गर्न आह्वान गरिएको छ ।
कार्यक्रममा काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र शाहले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दाे नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहेको बताउनुभयो ।
वायु प्रदूषणको कारणबाट मानिसमा मुटु रोग, ह्रदयघात र फोक्सोको क्यान्सरजस्ता नसर्ने रोगको जोखिम बढेको छ । ठूला सहरहरूले नसर्ने रोगबाट नागरिकलाई बचाउन प्रदूषण कम गर्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।