नेपालकाे खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट, देव खनालले १ रन पनि जाेड्न सकेनन्

 मंसिर २२, २०८० शुक्रबार १२:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले खराब ब्याटिङ गरेकाे छ ।

दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरिरहेकाे नेपालले १७ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए । यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६, गुल्शन झा १ कप्तान देव खनाल शून्य रनमा आउट भए । अहिले क्रिजमा उत्तम मगर र दिपेश कँडेल छन् ।

बलिङतर्फ पाकिस्तानका माेहम्मद जेशानले २ तथा अमिर हसन, उबैद शाह र अली असफन्दले समान १ विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया