१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनकाे छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै आज शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
पत्रकार सम्मेलनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका बताउनुभयो ।
प्रमुख भन्सार प्रशासक पाण्डेले गए राति सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घलेलाई प्रहरी थुनामा राखिएको बताउनुभयो । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ बजेर ४० मिनेटमा काठमाण्डाै ओर्लिएका घलेलाई विमानस्थल भन्सारले ७ थान बिस्कुट आकारकाे सुनसहित पक्राउ गरेकाे थियाे । यस प्रकरणमा संलग्न भएकाे भन्दै प्रहरीले गाेरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।