तनहुँको मादी नदीमा तटबन्धन निर्माणको काम ४८ प्रतिशत सकियो

 मंसिर २२, २०८० शुक्रबार १४:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – तनहुँको मादी नदीमा तटबन्धन निर्माणको काम ४८ प्रतिशत सकिएको छ ।  गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म झण्डै १६ किलोमिटर दुरीमा तटबन्धन निर्माण भैरहेको हो ।

गएको वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको थियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तनहुँका अनुसार पहिलो चरणअन्तर्गत सिसाघाटदेखि चिन्तुटारसम्म र दोस्रो चरणअन्तर्गत गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्धनका काम भइरहेको छ ।

दुवै चरणको गरी अहिलेसम्म ४८ प्रतिशत कार्य प्रगति भएको कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ ५ गतेभित्र योजना सम्पन्न गर्ने सम्झौता गरी निर्माण अघि बढाइएको हो ।  

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया