१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको छैन ।
पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुँदै आइरहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै केही दिनको मौसम यस्तै रहने अनुमान छ । पहाडी क्षेत्रमा दिउँसो घाम लागे पनि फेरि बादल लाग्ने क्रम चलिरहेको छ ।
यस्तै, तराईका जिल्लामा ढिलोगरी मात्रै कुहिरो हट्ने गरेको छ । यसले गर्दा तराईको जनजीवन प्रभावित हुन थालेको छ । आज पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो पछि मात्रै कुहिरो हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा भने केहीबेरपछि कुहिरो हटेर घाम लाग्ने अनुमान छ ।
यस्तै, आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।