काठमाण्डौ महानगरमा खैनी र सुर्तीजन्य पदार्थलाई पूर्ण प्रतिबन्ध लगाउन आजदेखि बजार अनुगमन

 मंसिर २८, २०८० बिहीबार १०:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले खैनी र सुर्तीजन्य पदार्थ खान र यसको बिक्रीमा पूर्ण रोक लगाउन आजदेखि अनुगमन गर्ने भएको छ ।

आजदेखि नगर प्रहरी खटाइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोसाकका प्रहरी परिचालन गर्नेछ । कसैले सुर्ती तथा खैनी बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही हुनेछ ।

सबै पसलमा अनुगमन गर्ने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने प्रवक्ता मानन्धरले बताउनुभयो  ।

यस्तै, सार्वजनिक ठाउँमा चुरोट खाएको पाइए सय रुपैयाँसम्म जरिबाना गराउने प्रवक्ता मानन्धरले बताउनुभयो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइकासाथ कार्यान्वयन गर्न लागिएको हो ।

रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइकासाथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख पौडेलको दाबी छ। 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया