फिफा वेस्ट अवार्डका लागि मेस्सी, एम्बाप्पे र हालान्ड अन्तिम सूचीमा

 मंसिर २९, २०८० शुक्रबार १४:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा वेस्ट अवार्डका लागि पुरुषतर्फ लियोनल मेस्सी, केलियन एम्बाप्पे र एर्लिङ हालान्ड अन्तिम सूचीमा परेका छन् ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पुरुष वर्ष खेलाडीको अवार्डका लागि अन्तिम नामावली सार्वजनिक गरेको हो । फिफाले हरेक वर्ष द वेस्ट फिफा अवार्डका रूपमा विभिन्न विधामा खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्दै आएको छ । प्रारम्भिकरूपमा १२ जना खेलाडीलाई यो विधामा मनोनयन गरिएको थियो । राष्ट्रिय पुरुष टिमका प्रशिक्षक, कप्तान, फुटबल पत्रकार र समर्थकको भोटिङका आधारमा अन्तिम तीन जनाको नाम छनोट गरिएको हो ।

अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनल जिताएका मेस्सी, फाइनल खेलेका फ्रान्सका एम्बाप्पे र इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई तीन मुख्य उपाधि जिताएका हालान्ड वर्ष खेलाडीको अन्तिम तीन जनाको सूचीमा परेका हुन् ।

यस्तै महिलातर्फ स्पेनकी विश्व विजेताद्वय आइताना बोनमाटी र जेनिफर होर्मवसोसहित कोलम्बियाका लिन्डा काइसेडो अन्तिम सूचीमा परेका छन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया