डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने

 मंसिर २९, २०८० शुक्रबार १४:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – डा. गोविन्द केसीले आज शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको छ ।

आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै उहाँले तीन दिने सत्याग्रको घोषणा गर्नुभएको हो । उहाँले सरकारसँग भएका सहमति कार्यान्वयन नभएकाे भन्दै बेलुकी नगरेको भन्दै उहाँले आज बेलुकी ५ बजेदेखि सत्याग्रह शुरु गर्ने बताउनु भयो । विगत लामो समयदेखि मुद्दा उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । हामीले विगत लामो समयदेखि विभिन्न मुद्दा उठाएर त्याग्रह गर्दै आए पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जवाफदेही बनाउनका लागि हामीले मङ्सिर २९ गते बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछाैँ ।’

केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउन र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्न, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने माग राख्नुभएकाे छ ।

यसैगरी जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेज खाेल्न, सय शय्याभन्दा बढी क्षमता भएका एक सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरु शुरु गर्न माग गर्नुभएकाे छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्न, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै आफूसँग यस अगाडि सम्झौता भएबमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्न, एकीकृत प्रतिष्ठान ऐन शिघ्र जारी गर्न र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गर्न उहाँकाे माग छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया