प्रिमियर लिगमा टोटनहमले नटिङ्घम फरेस्टलाई दुई गोलले हरायो

 मंसिर ३०, २०८० शनिबार ६:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो । उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६५औँ मिनेटमा गोल गरे ।

टोटनहम ७०औँ मिनेटमा १० खेलाडीमा सीमित भयो तर त्यसपछि पनि नटिङ्घम फरेस्ट खेलमा फर्कन सकेन । जितसँगै टोटनहम १७ खेलमा ३३ अंककासाथ तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १४ अंक रहेको नटिङ्घम फरेस्ट १६औँ स्थानमा छ ।

आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै सवा ११ बजे बर्नली र एभर्टनबीच खेल हुनेछ । 

प्रिमियर लिगमा १६ खेलमा ३७ अंककासाथ लिभरपुल शीर्ष, ३६ अंककासाथ आर्सनल दोस्रो, ३५ अंक रहेको एस्टनभिल्ला तेस्रो र ३३ अंक रहेको म्यानचेस्टर सिटी चौथो स्थानमा रहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया