पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३ सय ६० रनले जित्यो

 पुष १, २०८० आइतबार १४:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३ सय ६० रनले जितेको छ । अष्ट्रेलियाले दिएको ४ सय ५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमै ८९ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए । 

अष्ट्रेलियाका मिचेल स्टार्क र जस हजलउडले ३/३ तथा नाथन लायनले दुई विकेट लिए । पहिलो पारीमा अष्ट्र्रेलियाले ४ सय ८७ रन बनाउँदा पाकिस्तानले २ सय ७१ रन मात्रै बनाएको थियो ।

दोस्रो पारीमा अष्ट्रेलियाले २ सय ३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४ सय ५० रनको लक्ष्य पाएको हो । पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेष्ट शृङ्खला भइरहेको हो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया