१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाण्डाै उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गर्नुभएको छ ।
सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताउनुभयो ।
उहाँले तीन तहकै सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताउनु भयो । उहाँले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डा देख्न सक्नहुन्नँ । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँकतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ ।’
मन्त्री ज्वालाले काठमाण्डाै उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।