१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा साढे २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार साउनदेखि मंसिरसम्ममा २ सय २० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
नयाँ उद्योगमा लगानी गर्नको लागि २० अर्ब ६१ करोड रुपैयाँ र पुराना उद्योगमा लगानी थपको लागि तीन अर्ब ७४ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
लगानी प्रतिबद्धता भएकामध्ये ३ वटा ठूला उद्योग, ७ वटा मध्यम र १ सय ८९ वटा साना उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै आकर्षण पर्यटन क्षेत्र अन्तर्गत होटलमा देखिएको छ ।
वैदेशिक लगानीको आधा हिस्सा होटल क्षेत्रको लागि रहेको छ । प्रतिबद्धता अनुसार लगानी भएमा नयाँ र पुराना उद्योगबाट थप १० हजार १ सय २० जनाले रोजगारी पाउने विभागको भनाइ छ । मंसिरमा मात्रै विदेशी लगानीमा २१ वटा नयाँ उद्योग दर्ता भएका छन् भने २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।