१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - आज साेमवार काठमाण्डाै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । ७३ हजार सात सय ४९ जना विद्यार्थी दीक्षित हुन योग्य भए पनि यसपटक १२ हजार चार सय १५ जनाले दीक्षित हुन फारम भरेका विश्वविद्यालयले जनाएको छ। गएकाे वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह पास गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणलगायत सहभागी हुनुभएकाे थियाे । राष्ट्रपति र प्रधानमन्त्रीले उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र दिनुभएकाे थियाे ।
दीक्षान्त समाराेहमा सरिक हुन आएका विद्यार्थीहरू काेही आफ्ना अभिभावकसँग तस्बिर खिच्दै खुसी साटिरहेका थिए । काेही भने समूह बनाएर तस्बिर खिच्नमा व्यस्त देखिन्थे।
तस्बिरहरु : वैद्यनाथ पाैडेल/उज्यालाे सहकर्मी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।