त्रिभुवन विश्वविद्यालयमा याेग्यताका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

 पुष २, २०८० सोमबार १६:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाकाे अन्त्य गर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको आज साेमवार भएको ४९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाका आधारमा नभई 'मेरिट' अर्थात् योग्यताका आधारमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । यसका लागि विश्वभर रहेका विज्ञ नेपालीहरूलाई आग्रह गर्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा भागबन्डामा नभई योग्यताका आधारमा नियुक्तिका लागि अग्रसर हुन पनि अपिल गर्नुभएको छ ।

समारोहमा प्रचण्डले विश्वबजारका चुनौती सम्बोधन गर्न गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभयो । राजनीतिक दलहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुनु हुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकाय हुनुपर्दछ भन्ने तर अर्काेतर्फ आफैँ राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका भन्दै अब फरक ढङ्गले सोच्नुपर्ने बताउनुभयो । उहाँले विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको उल्लेख गर्नुभयाे ।

विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ भन्दै प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयो ।

प्रचण्डले दीक्षित हुने विद्यार्थीहरूले आर्जन गरेको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त गर्दै आफूलाई सचेत र इमानदार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्य पूरा गर्ने सफलता दीक्षित विद्यार्थीलाई मिलोस् भनी शुभकामना पनि दिनुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया