प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । दक्षिण अफ्रिकामा आजदेखि शुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह 'ए' मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह 'बी' मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह 'सी' मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् । आज समूह 'ए' का आयरल्यान्ड र अमेरिका खेल्दैछन् ।
यस्तै, समूह 'बी' का दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल पनि आजै हुँदैछ । नेपालले भने पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।
विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।