एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । एउटै गाउँमा धेरै सुन्तला उत्पादन भए पनि सडक राम्रो नहुँदा बजारमा पुर्याउन सकिएको छैन । बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म गाडी पुग्न समस्या भएको छ ।
ठूला गाडी सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले बताउनुभयो । अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् । ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सुन्तला बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न सक्ने स्थानीय खत्रीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।