एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - पश्चिम तराईमा अहिले पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।
पूर्वी तराईमा बिहान लागेको बाक्लो हुस्सु तथा कुहिरो दिउँसोपछि केही खुलेको भए पनि पश्चिम तराईमा भने कायमै रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पूर्वी तराईको मौसम बेलुकासम्म सुधार हुँदै जाने महाशाखाले जनाएको छ । पश्चिम तराईमा भने बेलुकासम्म नै हुस्सु लाग्ने सम्भावना छ ।
तराईमा लामो समयदेखि लागिरहेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकाले निरन्तर हुस्सु कुहिरो लागेको मौसमविद् झाले बताउनुभयो ।
यसैबीच आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान पौने ९ बजे काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण काठमाण्डौ उपत्यकासहित देशभरी नै चिसो बढेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।