एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुरमा कार्यालय राखेर बचत तथा ऋणको कारोबार गरिरहेको सुमेरु बचत तथा ऋण सहकारीका पूर्वसञ्चालक भरत महर्जनसहित सहकारीमा रहेका अहिलेका सञ्चालकहरुविरुद्ध उजुरी परेकाे छ ।
उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र प्रहरी परिसर जावलाखेलमा तीन सय ५३ जना बचतकर्ताले उजुरी दिएका हुन् । उनीहरुले सहकारी सञ्चालकहरुले ठगी र बचत अपचलन गरेको आरोप लगाएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर २३ धापाखेलको सिफारिससमेत रहेको उजुरीमा आफूहरुको आठ अर्बभन्दा धेरै बचत फिर्ता नगरेको बचतकर्ताको दाबी छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई जाहेरी पत्र दिँदै बचतकर्ता सुन्दरकृष्ण महर्जनले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुने सुनिश्चितता नभएको बताउनुभयो ।
बचतकर्ता भए पनि सुमेरु सहकारीले सञ्चालन गरेको सुमेरु अस्पताल र सुमेरु सिटी अस्पतालमा उपचार नपाएको उनीहरुको गुनासो छ । लामो समयदेखि सहकारीमा बचत फिर्ताका लागि धाउने गरे पनि बचतकर्ताले बचत फिर्ता पाउन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।