एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – लगातारको हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । झण्डै एक महिनादेखि हुस्सु कुहिरो लागिरहेको पश्चिम तराईमा बितेका केही दिनदेखि दिनभर नै बाक्लो हुस्सु लाग्ने गरेको छ । घर बाहिर एकछिन हिँड्दा पनि शरीर भिजाउने गरी शितलहर चल्ने गरेको स्थानीय बताउँछन् ।
समग्र तराई मधेशमै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोमा पूर्वी क्षेत्रमा दिउँसोपछि केही खुल्ने भए पनि पश्चिम तराईमा बेलुकासम्मै हुस्सु लाग्ने देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
अहिले पनि तराई मधेशको सबैजसो क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान् महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी गराएको छ । तराई मधेशमा आउँदो तीन दिनसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको धनगढीकी माया जोशीले बताउनुभयो।
चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् । घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको जोशीले बताउनुभयो ।
जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईका बासिन्दा पुग्न थालेका छन् । धनगढीबाट कैलालीको चुरे पहाडी क्षेत्र पुगेका पत्रकार श्रवण देउवाले दिउँसोको समयमा घाम लाग्ने चुरे पहाडका डाँडामा धेरै मान्छेले घाम तापिरहेको दृश्य देखिएको बताउनुभयो ।
हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेडा लगाएको तरकारी बालीमा क्षति पुर्याउने गरेको छ । अझै केही दिन चिसो बढ्ने मौसमविदले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।