एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कोष लागू गरेको छ । गाउँपालिकाले श्रमिकहरुलाई कोषमा आबद्ध गराई कार्यान्वयनमा ल्याएको हो । सामाजिक सुरक्षा कोषसँग अनौपचारिक क्षेत्रका श्रमिकहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भीमफेदी गाउँपालिका दोस्रो हो ।
पहिलोपटक योजना सम्झौता गर्ने स्याङजाको फेदीखोला गाउँपालिकाले गएको मङ्सिरदेखि कोषमा रकम जम्मा गर्न थालेको छ । भिमफेदी गाउँपालिकाले शुरुमा ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा कोष अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, असक्तता, आश्रित परिवार सुरक्षा योजना लगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था हुने कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।