जीबी राईविरुद्ध ‘डिफ्युजन नोटिस’

 माघ १४, २०८० आइतबार ७:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीको मुद्दामा राईविरुद्ध हिजो इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । लगत्तै इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाण्डौले प्रहरी अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलमा पत्राचार गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजी गर्नेछन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ । ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । उनी विदेशमा लुुकेर बसेको आशङ्का गरिएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया