#MeToo क्याम्पेनका कारण यस वर्षको नोबेल साहित्य पुरस्कार रोक्कियो

 वैशाख २४, २०७५ सोमबार ९:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २१ – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार घोषणा नहुने भएको छ ।

पुरस्कार घोषणा गर्ने स्वीडिस एकेडेमी सदस्यमध्ये एक कट्रिना फ्रस्टेन्सनका पति फ्रान्सेली फोटोग्राफर जीन क्लाउड आर्नल्टलाई विभिन्न महिलाले यौन दुराचारको आरोप लगाएका कारण यौन दुराचारीकी श्रीमती सम्मिलित निर्णायक मण्डलले विजेता छान्दा राम्रो सन्देश नजाने हुँदा घोषणा रोकिएको बताइएको छ । ​#MeToo   क्याम्पेनबाट प्रेरित हुँदै १८ जना महिलाले आर्नल्टमाथि विभिन्न आरोप लगाएका थिए ।

श्रीमती एकेडेमी सदस्य भएको फाइदा उठाउँदै आर्नल्टले अघिल्ला संस्करणहरुमा पनि ७ जना नोबेल पुरस्कार विजेताको नाम पहिले नै खुलासा गरेको आरोप पनि छ । यद्यपि, आर्नल्टले यी दुवै आरोपहरु निराधार भएको बताउँदै आएका छन् । 

सन् १९०१ बाट सुरु भएको नोबेल साहित्य पुरस्कार सन् १९३६ र दुई विश्वयुद्धताका बाहेक कहिल्यै रोकिएको थिएन । आर्नल्टलाई १८ महिलाले यौन शोषण तथा उत्पीडनको आरोप लगाएका थिए ।  अर्को वर्ष दुइवटा पुरस्कार एकैचोटी घोषणा गरिने एकेडेमीले जनाएको छ । 

१९३६ मा यसैगरी पुरस्कारको घोषणा रोकिएको थियो । रोकिएको त्यसको एक वर्षपछि प्रदान गरिएको थियो ।  अमेरिकी नाटककार इयुजिन ओ निललाई १९३६ को नोबेल साहित्य पुरस्कार १९३७ मा प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया