उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
नुवाकाेट – नुवाकोटमा निजी वन दर्ताको क्रम शुरु भएको छ । यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै शुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो ।
निजी जग्गामा हुर्किएका सालको रुख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएपछि वन दर्ताको क्रम शुरु भएको हो । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार २०५८ साल कात्तिक १६ गते लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर २०८० साल मङ्सिर ७ गते जनाएसँगै सालको रुख कटानको अवरोध हटेको हो ।
वन ऐन–२०७६ र नियमावली–२०७९ अनुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा साल रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न शुरु गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।