उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रुकुम पूर्व – रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर ६ को महतगाउँ । लोभलाग्दो महतगाउँ, झनै मोहनी लाग्ने गरी सजाइएका मकै ।
विज्ञहरुले अन्न भण्डारणका नयाँ–नयाँ तरिका निकालिरहेका छन्, सिकाइरहेका पनि छन् । अनाज भण्डारणका लागि आधुनिक भाँडावर्तन निर्माण भएका छन् । ।
अनाजलाई सुरक्षित, राख्न, रोग किराबाट जोगाउन औषधि नबनेका होइनन् । तर रुकुम पूर्वका केही गाउँ त्यस्ता छन्, जहाँको अनाज विशेषगरी मकैलाई प्रकृतिकै रेखदेखमा छाडिन्छ ।
जिल्लाको पूर्वी क्षेत्रका अधिकांश स्थानीयले (पोक) बोक्रा छोडाइसकेको मकैलाई खुला आकाशमुनि नै राख्ने गर्छन् । घाम, पानी खुवाउनकै लागि बोक्रा छोडाइएका मकैलाई बाहिर राख्ने गरेको स्थानीय बताउँछन् । पूर्वी रुकुमको एउटा गाउँ महतमा पनि यो चलन कायमै छ ।
स्थानीयसमेत रहनु भएका जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर वलीका अनुसार, घाम, पानी पचाएका मकैमा किरा नलाग्नुका साथै त्यसबाट बनेको पिठो पनि राम्रो हुन्छ ।
शीत आएको मकै बलियो हुने विश्वास र मकैबाट बन्ने ढिँडो र रोटीमा रसिलो हुने भएकोले यसरी प्रकृतिमै छोड्ने गरेको उहाँले बताउनुभयो । यसको साथै खाजाको लागि पनि यसरी राखेको मकै स्वादिष्ट हुन्छन् ।
असोजदेखि कात्तिक महिनामा बारीबाट निकालिएको मकै माघदेखि गेडा निकाल्न सुरु हुन्छ । गेडा निकाल्ने क्रम चैतसम्म जारी रहने स्थानीयले जानकारी दिए । यहाँ उत्पादित मकै स्थानीय स्तरमै बढी प्रयोग हुन्छ भने केही मात्रामा बजारीकरण पनि हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।