शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्र...
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक अब १२ सय रिंगिट हुने भएको छ । जनवरी १ देखि लागू हुने गरी मलेसियाले यसअघि नै श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको थियो ।
यसअघि मलेसियामा श्रमिकको तलब न्यूनतम १०५० रिंगिट थियो । यस्तै मलेसियामा रहेको नेपाली दूतावासले अबदेखि १२ सय रिंगिट पारिश्रमिक नभएका कामदारको माग प्रमाणिकरण नगर्ने भएको छ ।
दूतावासले सूचना निकालेर पुस १७ गते अथवा जनवरी २ देखि १२ सय रिंगिट तलब नदिने कम्पनीका मागपत्र प्रमाणिकरण नगर्ने जनाएको छ ।