अरबमा डेढ दशक बिताउँदा पनि मसँग सपना बोकेको रित्तो झोला मात्र छ

 साउन १७, २०८० बुधबार १३:४२:३९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

गौरव जङ्ग कुवर/हाल कुवेत ।

परदेशी भूमिमा डेढ दशक बिताउँदा स्वरूप पूरै फेरियो । तर पनि मैले मुक्ति पाउन सकेको छैन । खाडीले स्वरूप बदलेको बदल्यै छ ।

देश छाडेर परदेशी भूमिमा आई मैले बनाएको बाटो, मैले बनाएको गगनचुम्बी भवनमा अब मेरो सेल्फी नसुहाउने भइसक्यो झैँ लाग्न थालेको छ ।  त्यो कालो झोलामा सपना बोकेर हिँडेको । त्यही झोलाको सिरानी हालेर सुतेको । झोला बोकेर हिँड्दा मेरो मात्र सपना थिए ।

दिन बित्दै जाँदा मेरा सपना साझा भए । देश छाड्दा देखेका सपना १५ वर्ष बित्दा पनि पूरा हुने छाँटकाँट छैन ।  यहाँ दिनरात, भोक निद्रा नभनी कमाएको पैसा बालबच्चाको भविष्यका लागि भनेर उनीहरूको शिक्षामा लगानी गरेको छु ।

अहिले त मेरो अर्को सपना पनि थपिएको छ । उनीहरूलाई मैले भोगेका भोगाइहरू भोग्न नपरोस् भन्ने छ । त्यसका लागि राम्रो उच्च शिक्षा दिने मेरो लक्ष्य छ । यसरी गरेको लगानीको पनि प्रतिफल पाइएला भन्ने छैन । आस गर्न मन पनि लाग्दैन । 

मसँग डेढ दशक परदेशी भूमिमा पसिना बगाउँदा अहिले त्यही सपना बोकेको खाली झोला र कपाल झरेर तक्ले भएको तालु र सेतै फुलेको दारी मात्र छ । आफ्नै अनुहार ऐनामा हेर्छु दारी फुलिसकेको छ । अनुहार त चाउरिएछ । हात गोडा दुख्ने बिमार र निराश मन साथमा छ ।

अब त बस्छु भन्दा पनि बिस्तारै पठाउने छ यो अरबले मलाई आफ्नै देश । त्यस दिन महिनै पिच्छे हात पर्ने एउटा जागिर पनि जानेछ ।

त्यसपछि के हुन्छ अहिले सोच्दा पनि मन आत्तिन्छ ।

6 Comments

  • ओम कुमार ताजपुरिया

    Aug. 6, 2023, 5:43 a.m.

    भोलीको परिणाम,तीतो वास्तविक यथार्थ यहीं हुनेछ विदेशिएको हामीमा!

  • हरि तामाङ

    Aug. 5, 2023, 8:43 p.m.

    अब जे भयो भयो टेन्सन देखि मुक्त हुनुहोस् नत्र बुढेसकालमा आर्थिक हिसाबले भन्दा पनि मानसिक हिसाबले बिचलित हुनेछन् ईश्वरको नाम लिनु बस्नु दाजु हाम्रो पनि अबस्था तेस्तै तेस्तै छ

  • BIR BAHADUR KUMAI

    Aug. 3, 2023, 9:28 a.m.

    आहा एकदमै भाबुक बनायो। यो भनाई ले बास्तवमा हामी नेपालीहरु आफ्नो देशमा भाडभैलोः भष्टाचारी घुसखोरी नभएर आफ्नो देशमा रोजगारी सृजना हुने भय किन अर्काको देशमा घोटिएर हात खुट्टा दुख्ने समस्या अनि शरिर दुख्ने गरी काम गर्नुपर्थ्यो होला 🙏 साहेद यती सास्ती भोग्नु पनि नपर्थ्यौ होला यसमा सरकारको नेतृत्व राम्रो हुनुपर्छ भन्ने मेरो आशा सृजना भयो।।।

  • Sitaram kc

    Aug. 2, 2023, 6:45 p.m.

    हामी मलेसिया आएको चार महिना भयो अनि अहिले कम्पनीले हप्तामा ४दिन काम दिने अरु दिन छुट्टी दिएको छ १५००बेसिक भनेर आएको अनि त्यसमा जति दिन काम हुन्छ त्यही अनुसार सेलरी दिन्छ८/९सय रिङ्गेटले ३लाख तिर्नु कि खाना खानु कि घर खर्च पठाउनु हामी ठगियौ हजुर

  • Shanti Rai

    Aug. 2, 2023, 4:45 p.m.

    कथा ब्याथा उस्तै छ माहाेदय: लेख यथार्त लाग्याे... सबैका सपना फुल्नलाइ सजिलाे छैन, र देखेका सपनाहरु पनि झट्ट बिपना भै दीदैन🤔🤔 🤔Me to i don't know when i,ll be successful in my dreams 🤔

  • Hari bhandari

    Aug. 2, 2023, 2:31 p.m.

    Yesta rahexa pardeshi jindagi garna sakda samma ra paisa padauda sam bhabai le khushi hinxan aafna jiwan ko kunai laxe xan ma ni ushi 22 barsa vo kaman hineko hiyo bhanda samaya padai gako xa aaba na garna sakinxa na jola bokna धिक्कार छ जिन्दगी परदेशी को

तपाईको प्रतिक्रिया