राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

 चैत १५, २०८० बिहिबार १८:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामा पत्र बुझाउनुभएको हो ।

अर्याल २०७९ साल माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमानदार भएर कर्तव्य निर्वाह गरेको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

अर्याल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया