कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

 चैत १७, २०८० शनिबार ७:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधिसभामा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको हो ।

न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो । गुरुङ २०७९ सालको आमचुनावमा नेपाली कांग्रेसका तर्फबाट मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा गुरुङलाई पनि कसुरदार ठहर गरेको थियो ।

भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै कारण अयोग्यता सिर्जना नहुने मुख्य निर्वाचन अधिकृत कार्यालयको निर्णय र मुद्दाको फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन रहेको भन्दै निलम्बन फुकुवाको आदेश भएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया