नेता टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

 चैत १७, २०८० शनिबार ११:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एमालेका नेता टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलका अनुसार रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीलाई त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको थियो ।

थुनामा रहेकै अवस्थामा रिंगटा लागेर रक्तचाप कम हुने समस्या देखिएपछि रायमाझीलाई बुधवार राति अस्पताल लगिएको थियो । ४८ घण्टा स्वास्थ्य अवस्था निगरानीपछि अवस्था सामान्य देखिएको र गएराति डिस्चार्ज गरिएको डा.पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया