शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्याे

 चैत १८, २०८० आइतबार १५:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेकाे छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

बजार घटे पनि आज कारोबार रकम बढेको छ । गएको बिहीवार दुई अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७९ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया