शेयर बजार ६ अङ्कले घट्याे, २ वटा कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट

 चैत १९, २०८० सोमबार १६:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त र माईखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज ७२ लाख ९० हजार कित्ता शेयर दुई अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वाेत्तम सिमेन्टको ४७ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया