८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियाे, विदेशी मुद्रा सञ्चिति १८ खर्ब रुपैयाँ नाघ्याे

 चैत २२, २०८० बिहिबार १८:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेर सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।

यस्तै आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।

यस्तै देशमा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ । असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी मुद्रा सञ्चिति २१ दशमलव सात प्रतिशतले बढेर फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसले नेपाललाई १४ महिनाभन्दा बढीको वस्तु आयात र १२ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अघिल्लो वर्षको आठ महिनामा ५५ अर्ब २८ करोडले घाटामा रहेको चालु खाता अहिले एक खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ ।

यस्तै शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति एक अर्ब ४२ अर्ब रुपैयाँले बचतमा थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया