सुनसरीको हरिनगर लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

 चैत २६, २०८० सोमबार ७:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । समस्या समाधानको लागि छलफल भैरहेको बेला हिजो एक्कासी एक समूहले प्रदर्शन थालेपछि प्रहरीले केही राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दा ९ जना प्रहरी घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सामाजिक सद्भाव कायम राख्नको सुरक्षा व्यवस्था कडा बनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नम्बर १ र ७ मा कफ्र्यु आदेशलाई कायमै राखेको उहाँले बताउनुभयो । कर्फ्यू लागे पनि स्थानीय नागरिकको दैनिकी नरोकिने उहाँको भनाइ छ । भेला, जुलुस,र्‍यालीलाई मात्रै कडाइ गरिएको तर किनमेल र अरु कामको लागि हिँडडूल गर्न नरोकिएको उहाँले जानकारी दिनुभयो ।

गएको बिहीवार एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया