आईपीएल क्रिकेटमा आज गुजरात र दिल्ली खेल्दै

 बैशाख ५, २०८१ बुधबार १२:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल अहमदावादमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरातले अहिलेसम्म ६ खेल खेलेको छ । उसले तीन खेल जित्दा ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ ।

त्यसैगरी दिल्ली क्यापिटल्स ६ खेलमा दुई जितसहित ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । गुजरात आईपीएलमा सहभागी हुँदा सन् २०२२ मा विजेता र अघिल्लो वर्ष उपविजेता बनेको थियो । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हरायो ।

शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क छ । कोलकता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया