नेपालले साउदी अरबलाई ६ विकेटले हरायो, हङकङ पनि सेमिफाइनलमा

 बैशाख ५, २०८१ बुधबार १६:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि गुल्सन झाले अविजित २८ र कप्तान रोहित पौडेलले १६ रन बनाए । साउदीका इस्तिक अहमदले दुई विकेट लिए ।

यसअघि साउदी अरबले छ विकेट गुमाएर ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।

समूह चरणमा नेपालले चारवटै खेल जितेर अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । आजको नेपालको जीतले हङकङ पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्न आज साउदीले नेपाललाई हराउनैपर्ने थियो तर साउदी नेपालसँग हार्दा हहङकङ सेमिफाइनलमा पुगेको हो ।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियाले दिएको एकसय ४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्‍याे । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया