विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेश हुनै सक्दैन : मुख्यमन्त्री कार्की

 बैशाख ५, २०८१ बुधबार १८:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेश हुन नसक्ने दाबी गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले सभामुख अम्बरबहादुर बिष्टलाई पत्र पठाएर प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्ताव संविधान विपरीत भएको दाबी गर्नुभएको हो ।

कोशी प्रदेश सभाको विशेष अधिवेशन पर्सि शुक्रवार बोलाइएको छ । त्यही दिनको बैठकमा विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव पास गर्ने विपक्षी दलको तयारी छ ।

नेकपा एमाले र माओवादी केन्द्रले चैत २६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसक्षम समावेदन दिएका थिए । त्यहीअनुसार प्रदेश प्रमुखले भोलिका लागि विशेष अधिवेशन तोक्नुभएको छ ।

एमाले र माओवादीले अस्ति सोमवार विशेष अधिवेशनका लागि संकल्प प्रस्ताव दर्ता गराएका छन् । संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीले बहुमत सदस्यको समर्थन गुमाइसकाले आगामी २५ वैशाखभित्र प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने उल्लेख छ । मुख्यमन्त्री कार्कीले भने संवैधानिक व्यवस्थाअनुसार संकल्प प्रस्ताव नै प्रदेशसभामा पेश हुन नसक्ने दाबी गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया