विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गर्‍याे

 बैशाख २५, २०८१ मंगलबार १५:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको आर्थिक क्षेत्रको स्थायित्व, विविधीकरण, वित्तीय समाधान र वित्तीय सेवाहरूमा पहुँच बढाउन खर्च हुनेछ ।

विश्व बैंकले यसलाई वित्त विकास नीति ऋण भनेको छ । यसको उद्देश्य वित्तीय संस्थाको कामकाजमा सुधार ल्याउनु हो । यस सहायताले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पुँजी, बीमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।

यस्तै विशेषगरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्‍याउने गरी नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले यस सहायताले नेपालको जलवायु एजेन्डालाई पनि समर्थन गर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया