गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक भन्दै कांग्रेसले सर्वोच्चमा रिट दियो

 बैशाख २५, २०८१ मंगलबार १५:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ ।

गएको आइतवार प्रदेश सभामा अधिकारीले विश्वासको मत नपाएको तर सभामुखले विश्वासको मत पाएको घोषणा गरेर संविधानकै उल्लङ्घन गरेको भन्दै नेपाली कांग्रेसले आज सर्वोच्चमा रिट दिएको हो ।

विश्वासको मत लिँदा प्रदेश सभाको बुहमतको गणना अवैधानिक रूपमा गरेर विश्वासको मत पाएको घोषणा भएको निवेदक तथा कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दाबी गर्नुभएको छ । उहाँले ठूलो दलको नेताको हिसाबले आफूलाई नै मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेशको माग पनि गर्नुभएको छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत पाउनुपर्नेमा मुख्यमन्त्री खगराज अधिकारीले ३० मत पाउनुभएको थियो । तर प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गर्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया