कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली

 जेठ ९, २०८१ बुधबार ९:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु बाँकी क्षेत्रमा मौसम सफा नै रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

आज काण्ठमाण्डौ उपत्यकामा पनि दिउँसो पछि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हिजो  र आज तराई क्षेत्रसहित धेरैजसो ठाउँमा तापक्रम केही घटेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया