उफ् गर्मी ! जनकपुर र नेपालगञ्जमा धेरै

 जेठ २८, २०७५ सोमबार ११:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – मनसुन भित्रिएपनि राम्रोसँग पानी नपरेका कारण देशभर गर्मी बढेको छ । शनिबारदेखि नै गर्मी ह्वात्तै बढेको हो । शनिबारको तुलनामा आइतबार झनै गर्मी थियो ।

सोमबार पनि बिहानैदेखि घाम चर्किएको छ । आइतबार जत्तिकै गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकी पानी पर्ने भएकाले मंगलबारदेखि गर्मी केही कम हुने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो ।

पहाड र उपत्यकाको तुलनामा तराईमा गर्मी धेरै हुन्छ । अझ जनकपुर र नेपालगंजमा सबैभन्दा धेरै गर्मी छ । जनकपुरमा आइतबार तापक्रम ४०.४ डिग्री सेल्सियस थियो । नेपालगंजको तापक्रम चाहिँ ३९ डिग्री सेल्सियससम्म पुगेको छ । 
यस्तै धनकुटामा ३८.८, सिमरामा ३८.५, भैरहवामा ३८.२, , धरानमा ३७.९, विराटनगरमा ३७.८, दिपालयमा ३७, दाङमा ३५.६, धनगढीमा ३५ र वीरेन्द्रनगरमा ३२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।

काठमाडौंमा पनि गर्मी ह्वात्तै बढेको छ । आइतबार काठमाडौंको तापक्रम ३१.५ डिग्री सेल्सियस थियो । शनिबारको तुलनामा आइतबार शून्य दशमलव ५ डिग्रीले तापक्रम बढेको हो । पोखराको तापक्रम ३२.८ डिग्री सेल्सियस छ । 

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया