भारतको ओडिशा र पश्चिम बङ्गालमा सामुद्रिक आँधीको सामना गर्न तयारी तिब्र, तीन दिनका लागि विद्यालय बन्द

 कात्तिक ७, २०८१ बुधबार १८:२१:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – भारतको ओडिशा र पश्चिम बङ्गालको तटमा दाना नामको सामुद्रिक आँधीको सम्भावित अवतरण अघि सरकारले तयारी तिब्र बनाएको छ । आज भारतीय वायु सेनाका दुई विमानहरूले राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् ।

भारतीय मौसम विज्ञान विभागले दाना आँधी भितरकनिका र ओडिशा तटमा अवतरण गर्ने अनुमान गरेको छ । आँधी बङ्गालको पूर्वी मध्य खाडीमा दवाब छोडेर पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने विभागले अनुमान गरेको छ । भोलि बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र पर्सि शुक्रवार राति तथा आइतवार बिहान ओडिशा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ ।

ओडिशा राज्यले प्रभावित हुन सक्ने क्षेत्रमा भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । आँधीका कारण ओडिशा र पश्चिम बङ्गालमा भोलिदेखि तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान छ । आँधीको सामना गर्न जहाजसहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया