साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाल ४ गाेलले अघि

 कात्तिक ८, २०८१ बिहीबार १८:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत श्रीलङ्कासँगकाे खेलमा नेपालले ४ गाेलकाे अग्रता लिएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा चलिरहेकाे समूह 'बी' काे खेलमा नेपालले पहिलाे हाफकाे खेल सकिँदा ४ गाेलकाे अग्रता लिएकाे हाे । नेपालका लागि रेखा पाैडेलले २ तथा सावित्रा भण्डारी र सबिता राना मगरले समान १ गाेल गरे । याे खेलसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यसअघि आजै भएकाे पहिलाे खेलमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा पुगेकाे छ । भुटान ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो र श्रीलङ्का २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छन् । माल्दिभ्स ३ वटै खेल हार्दै पुछारमा छ । समूह 'ए' बाट बङ्गलादेश शीर्ष स्थानमा र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् ।

साफ महिला च्याम्पियनशिपकाे सेमिफाइनल खेल आउँदाे आइतवार हुनेछ । पहिलाे सेमिफाइनलमा दिउँसाे साढे १ बजे समूह 'ए' काे विजेता र समूह 'बी' काे उपविजेता खेल्नेछन् । यस्तै दाेस्राे सेमिफाइनलमा बेलुकी साढे ५ बजे समूह 'बी' काे विजेता र समूह 'ए' काे उपविजेता खेल्नेछन् । प्रतियाेगिताकाे फाइनल खेल आउँदाे बुधवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया